HELLO I AM KHAGENDRA BISTA FROM VERMONT PLEASE CONTCAT WITH ME KUSHALBISTA@YAHOO.COM

Sunday, October 31, 2010

news

विराज भट्ट छ महिनाअघिसम्म काठमाडौंमा शानदार फ्ल्याट भाडामा लिन भौंतारिरहेका थिए । भट्ट फुर्सद भयो कि फ्ल्याट खोज्ने अभियानमा लागिहाल्थे । छ महिनामै उनले आफ्नो उक्त सोच परिवर्तन गरेर हालै भक्तपुरको बालकोटमा १ करोड ३४ लाखको घर किनेका छन् । किनभने सुदँर पश्चिम मूलघर भएका यिनको नायक जीवनको गाडी अहिले फुलस्पिडमा छ । निर्माता, निर्देशक मात्र होइनन्, वितरकसमेत चलचित्रमा विराज नायक भए चलचित्र 'झुरै' भए पनि लगानी उठाउँछ भन्छन् । निर्माताहरू विराजलाई आफ्नो चलचित्रमा अतिथि भूमिकामा देखाउन ६ लाखसम्म तिर्न तयार छन् । भोजपुरी चलचित्रमा उनले १० लाख भारु पारिश्रमिक पाउन थालेका छन् । हालसम्म उनले १० वटा जति भोजपुरी चलचित्रमा काम गरिसकेका छन् ।

मोटरसाइकल वा सुटिङको गाडीमा डुल्ने विराजले हालै ५१ लाख पर्ने गाडी टक्सन पनि किनेका छन् । उनले अढाई करोड मूल्य तिरेर नारायणटारमा १४ आना, थलीमा १५ आना र हात्तीवन हाइटमा चार आना जग्गा पनि आफ्नो नाममा बनाएका छन् । बलिउडको मूलधारका चलचित्रमा पनि उनी काम गर्दैछन् । बलिउडका निर्देशकहरू केसी बोकाडिया र मेहुलकुमारका चलचित्रमा उनी नायक हुने पक्का भैसकेको बताइन्छ । त्यसका लागि विराजले मुम्बईमा फ्ल्याट किन्नुका साथै २१ लाख पर्ने होन्डाको कार पनि किनिसकेका छन्

0 comments:

Post a Comment

vermont © 2008. Design by :Yanku Templates Sponsored by: Tutorial87 Commentcute
This template is brought to you by : allblogtools.com Blogger Templates